Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal
Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal

गृह लक्ष्मी कर्जाका प्रकारहरुः

यस संस्थाका सदस्यहरुले सस्तो तथा सुलभ तरीका बाट कर्जा प्राप्त गर्न सकुन भनेर विभिन्न किसिमका कर्जा का प्रकारहरु ल्याएकाछौ ।


१. ब्यपारिक कर्जा (Business Loan)

संस्थाका सदस्यहरुले ब्यापार ब्यवसाय संचालन गरेर आर्थिक लाभ कमाउन सकुन भन्ने उदेश्यका लागी ब्यापारिक कर्जा लिएर आएका छौ । यो कर्जा धितो वा सामुहिक जमानिमा उपलब्ध गराइने छ। यो कर्जाको सिमा १०,०००।०० देखी १०,००,०००।०० सम्मको हुनेछ। यसमा ब्याज दर १८ प्रतिशत देखी २० प्रतिशत को हुनेछ ।

२. हायर पर्चेज कर्जा (Hire Purchase Loan)

संस्थाका सदस्यहरुले यस कर्जा अन्तर्गत सावारी साधन तथा विभिन्न घरायसी सामान खरिद गर्न यो कर्जा दिइने छ । यो कर्जाको सिमा १००००।०० देखी ५०००००।०० सम्मको हुनेछ यसमा ब्याज दर १९ प्रतिशत देखी २१ प्रतिशत को हुनेछ ।

३. ब्यक्तिगत कर्जा (Personal Loan)

संस्थाका सदस्यहरुले ब्यक्तिगत वा विवाह, पर्ब त्योहार को लागी ब्यक्तिगत कर्जा लिएर आएका छौ । यो कर्जा धितो वा सामुहिक जमानिमा उपलब्ध गराइने छ। यो कर्जाको सिमा १०,०००।०० देखी २,००,०००।०० सम्मको हुनेछ । यसमा ब्याज दर १८ प्रतिशत देखी २० प्रतिशत को हुनेछ ।

४. कृषि कर्जा (Agriculture Loan)

यस कर्जा अन्तर्गत सदस्यहरुले कृषि, माछा पालन, कुखुरा पालन लगायत विभिन्न कृषि कार्य को लागी यो कर्जा उपलब्ध गराइने छ । यसमा ब्याजदर १८ देखी १९ प्रतिशत को हुनेछ ।

५. घर कर्जा (Home Loan)

यस कर्जा अन्तर्गत संस्था सदस्यहरुले घर बनाउनको लागी तथा घर मर्मत गर्न को लागी यो कर्जा उपलब्ध गराइनेछ । यसमा ब्याजदर १८ देखी १९ प्रतिशत को हुनेछ ।

६. समूह कर्जा (Micro Finance)

महिला हरुको आर्थिक विकाश तथा समाजमा महिलाहरु आ आफनो खुट्टामा खडा भएर पुरुष हरुसंग खुट्टामा खुट्टा मिलाएर चल्न सकुन भनि यस गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले गृह लक्ष्मी लघूवित कर्जा ल्याएको छ । यसमा ब्याज दर १८ प्रतिशत देखी १९ प्रतिशत को हुनेछ ।

७. Short Term Business Loan

यस कर्जा योजना अन्तर्गत संस्थाका ब्यवसायमा आवध सदस्यहरुले चर्को ब्याज दरमा साहूकार बा६ कर्जा लिई ब्यवसाय चलाउने भएकोले त्यस्तो चर्को ब्याजदरको समस्या सामाधान गर्न को लागी यस संस्थाले सानो अवधिको ब्यापारिक कर्जा योजना ल्याएको ५ ।

८. यूवा स्वरोजगार कर्जा

यस कर्जा अन्तर्गत संस्थाका कार्यक्षेत्र भित्र बेरोजगार युवा हरुलाई युवा स्वरोगार कार्यक्रम अन्तर्गत तोकेको मापदण्ड मा कर्जा उपलब्ध गराइने छ ।